नुवाकोटको राजश्वसंकलनमा कोरोनाले प्रभाव पारेन, अघिल्लो बर्षको भन्दा बढी उठ्यो

Nepal Cover
२० श्रावण २०७७, मंगलवार
image

नुवाकोट। कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटकाअनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा ४६ करोड ४१ लाख २१ हजार संकलन भएको छ। कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको अवधिमा आर्थिक गतिविधि कम भए पनि नुवाकोटमा राजस्व संकलनमा वृद्धि भएको छ
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ४० करोड ४५ लाख ६९ हजार राजस्व संकलन भएको थियो।

यस वर्ष झण्डै ६ करोडले बढी राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका सूचना अधिकारी युवराज डुम्रेले बताए। जिल्लामा सबैभन्दा बढी राजस्व जिल्ला प्रशासन कार्यालयबाट संकलन भएको छ। राहदानी वितरणका कारण जिल्ला प्रशासन कार्यालयको राजस्व अन्य कार्यालयबाट संकलित भन्दा बढी भएको हो । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा २ करोड १५ लाख ५५ हजार ६ सय ३१ संकलन गरेको छ।

यस्तै, बेलकोटगढी नगरपालिकाबाट एक करोड ६२ लाख ९९ हजार, जिल्ला प्रहरी कार्यालयबाट एक करोड तीन लाख २७ हजार, डिभिजन सडक कार्यालयबाट एक करोड ६८ लाख ४४ हजार संकलन भएको छ। गत आर्थिक वर्षका विभिन्न स्थानीय तहरुले सशर्तमा आएको बजेट, बेरुजु दाखिला लगायतबाट ३६ करोड ३३ लाख राजस्व जम्मा भएको कार्यालयका सूचना अधिकारी डुम्रेले जानकारी दिए।