एसईईको नतिजा यही हप्ताभित्र सार्वजनिक गर्न तयारी

Nepal Cover
२० श्रावण २०७७, मंगलवार
image

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले यसै हप्तामा नतिजा प्रकाशन गर्ने तयारी गरेको बताए। ‘हामी यही हप्ताभित्रै नतिजा प्रकाशन गर्नेगरि तयारी अगाडि बढाईरहेका छौं। आज विदा दिन पर्यो। भोलि कार्यालय गएर म नतिजा प्रकाशनसम्बन्धी छलफल गर्छु। केही विद्यालयहरुले आन्तरिक मूल्यांकन पठाउँदाखेरि नाम, जन्ममिति र ठेगानाबारे त्रुटि भेटिएको छ, हामीले ती विद्यालयहरुलाई सच्याएर पठाउन भनेका छौं। बरु, एकरदुई दिन ढिला होस, तर विद्यार्थीहरुले दुःख नपाउन भन्ने पक्षमा बोर्ड छ।’ अध्यक्ष प्रा.डा. पौडेलले भने।

यो वर्ष एसईई परीक्षा कोरोना संक्रमणको कारण हुन सकेन। परीक्षामा सहभागी हुनको लागि ४ लाख ८२ हजारले फाराम भरेका थिए।