राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने

Nepal Cover
२९ पुष २०८०, आईतवार
image

काठमाडौँ । यहि  माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले साढे तीन लाख रुपैयाँ सम्म खर्च गर्ने पाउने भएका छन् । निर्वाचन आयोगले उमेद्द्वारको लागि  निर्वाचन खर्चको हद तोकेको हो ।

हरेक उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने गरी हद तोकेको आयोगले जानकारी दिएको छ।

आगामी २० फागुनमा राष्ट्रिय सभाका खाली हुने २० मध्ये १९ सिटका लागि ११ माघमा ९ देखि ३ बजेसम्म मतदान हुनेछ । एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन्। निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ५१ उम्मेदवार कायम गरेको छ ।

त्यस्तो खर्च गर्दा उम्मेदवारले बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नु पर्ने छ । त्यसैगरी निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम सहितको विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

निर्वाचनको क्रममा भएको यस्तो खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारी सजायको भागिदार बन्नुपर्ने हुन्छ ।