रवि लामिछानेविरुद्ध सहकारी विभागमा नेविसंघले गर्‍यो उजुरी दर्ता 

  Sampatti News Online

January 18, 2024

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी विभागमा रवि लामिछनेविरुद्ध उजुरी दर्ता गरेको छ । बिहीबार (आज) नेविसंघले लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो ।

संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ । नेपाल विधार्थी संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै कारबाही गरेको छ। विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको रकम घोटलाबारे आफूहरुले छानबिन गरेर पीडतलाई न्याय दिलाउने बताए ।

नेविसंघले यस्तो घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको छ । नेविसंघले प्रदर्शनका क्रममा यस्तो अनैतिक कार्यले नेपाली लोकतन्त्रको मूलभूत सिद्धान्त र संस्थागत विश्वासलाई कमजोर पारेको जनाएको छ ।

आदर्श मल्लले सहकारी विभागलाई यस प्रकरणप्रति गम्भीरतापूर्वक ध्यान दिन, तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गर्न विभाग सामु जोडदार माग गरे । संघले आफ्नो प्रतिबद्धतामा अटल रही नेपाली जनताको हित र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने बताएको छ । शक्ति र पदको आडमा अपराध र अपराधीलाई ढाकछोप गर्ने काम भएमा नेविसंघले त्यसको कडा प्रतिवाद गर्ने नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनीले बताएका छन् ।

प्रकाशित मिति:January 18, 2024