बुधबार देशभर थप ३ सय ८१ जनामा कोरोना पुष्टि

  Sampatti News

August 5, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टा(बुधबार)मा नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन्। हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन्। हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १ सय ७४ रहेको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

प्रकाशित मिति:August 5, 2020