सहसचिव राई सचिवमा बढुवा

Nepal Cover
२१ श्रावण २०७७, बुधबार
image

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगका सहसचिव वीर बहादुर राईलाई सचिव(विशिष्ट श्रेणी)मा बढुवा गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।


बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो। तर, राई यही भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ।