भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो

Nepal Cover
२१ श्रावण २०७७, बुधबार
image

काठमाडौँ। भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको बुधबार जनाइएको छ। गत २४ घण्टामा भारतका ५२ हजार ५ सय ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८ सय ५७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ७ सय ९५ जना पुगेको छ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ८२ हजार २ सय १५ व्यक्ति निको भएर फर्किएका छन्। भारतमा मङ्गलबार कोरोना भाइरस निको हुने क्रम ६६.३० प्रतिशतले बढेको पाइएको छ। हाल भारतमा पाँच लाख ८६ हजार २ सय ४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ। कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा राजधानी शहरसमेत रहेको दिल्ली राज्य रहेको छ।