January 22, 2024
काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ। तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ। चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ।
यस्तै चैत २१ गते सामाजिक अध्ययन र २२ गते ऐच्छिक प्रथमपत्रका सबै विषयको परिक्षा हुनेछ। परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
तालिका:-
प्रकाशित मिति:January 22, 2024
April 23, 2025
April 23, 2025