चितुवाको आक्रमणबाट बालकको मृत्यु

Nepal Cover
२२ श्रावण २०७७, बिहीबार
image

तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो।