फिनल्यान्डमा अध्ययनरत बिद्यार्थीले रौतहटको मुसहर बस्तीमा गरे सहयोग

Nepal Cover
१० माघ २०८०, बुधबार
image

रौतहट ।श्री पञ्च आधारभूत निमाबी चन्द्रपुर नपा ९ चेतनगरका ४० अति गरिब बिद्यार्थीहरुलाइ बिदेश पढने बिद्यार्थीले जुटाएको सहयोग हस्तान्तरण भएको छ।

प्राप्त जानकारी अनुसार फिनल्यान्डमा अध्ययनरत बिद्यार्थीहरुले संकलन गरेको सहयोग रकम गरिब बिद्यार्थीलाई सहयोग गरेर समाजमा सहयोगी भाब फैलाउन मद्दत पुर्याएको स्थानिय समाजसेवी श्याम श्रेष्ठले सम्पत्ति न्युजलाइ बताउनुभयो । प्राप्त जानकारी अनुसार बिदेशमा गएर पढिरहेका बिद्यार्थीको समूहले गरेको सहयोगमा जुत्ता मोज स्टेसनरी सामाग्री सहित खानेकुरा सहयोग गरेको स्थानीय समाजसेवी श्रेष्ठले जनाएका हुन्।

मुसहर जातिका बिद्यार्थी जो लत्ताकपडाको अभावमा स्कुल जान बन्चित भएका थिए तिनै समुह लक्ष्यित सहयोग कार्यक्रमका कारण अभिभावक र बिद्यार्थीमा उत्साह थपिएको बताइएको छ। जानकारी अनुसार सबिन क्षेत्री ,हेटरी फोर्स ,सरोज तिमल्सिना ,सफल चापागाईं, अमान श्रेष्ठ, Tuula Honkanen सहितको बिदेश पढ्ने समूहले गरेको सहयोगले अरु बिदेशमा अध्यनरत बिद्यार्थी माझ सकारात्मक सन्देश प्रबाह भएको यो कार्यक्रम अगाडि पनि यस्ता कार्यक्रम हुने गरेको स्थानीय सहजीकरणमा भुमिका खेल्ने समिता श्रेष्ठले बताइन् ।

https://www.youtube.com/watch?v=9tcoNyi752o