प्रदेश २ का कानून मन्त्री यादव र प्रदेशसभामा सदस्यमा कोरोना

  Sampatti News Online

August 6, 2020

काठमाडौँ। प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र १ जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री यादवले साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराएका थिए। उनको बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

उनले संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताए, साथै उनले डराउन पर्ने आवश्यकता नरहेको बताएका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल गरेका छन्। उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन्।

त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ।

प्रकाशित मिति:August 6, 2020