दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग (सूचनासहित)

Nepal Cover
१४ माघ २०८०, आईतवार
image

काठमाडौँ ।  नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

अध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ। योग्यता पुग्ने, ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष नपुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले उल्लेख गरेको छ।

सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

यसअघि एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।