कांग्रेसले केन्द्रीय नेताहरूलाई खटायो जिल्लामा, कहाँ को? (सूची सहित)

Nepal Cover
१४ माघ २०८०, आईतवार
image

काठमाडौं । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान सुरु भएको छ। जसका लागि पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार केन्द्रीय नेताहरू जिल्ला जिल्लामा खटाइएको हो।
केन्द्रले तोके व्यक्तिहरू माघ १६ गतेदेखि २६ गतेसम्म टोली जिल्ला हुनेछ।

जनताको कुरा सुन्ने भन्दै कांग्रेसले यो अभियान सुरु गरेको जनाएको छ। कांग्रेसले केही हिमाली जिल्लामा भने यो अभियान अहिले नभएको बताएको छ।

शीर्ष नेताहरुलाई तोकिएको जिल्लाः

कोशी प्रदेश

१) डा. शेखर कोइराला – झापा र सुनसरी

२) डा. नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा ।

३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर ।

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला

१) प्रकाशमान सिंह– मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा वागमतीको
सिन्धुली र मकवानपुर ।

२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही । वागमतीको धादिङ र चितवन ।
बागमती प्रदेश

१) डा. मिनेन्द्र रिजाल– काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।

२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा ।

गण्डकी प्रदेश

१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर ।

२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ ।

लुम्बिनी प्रदेश

१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा ।

२) डा. डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी ।

कर्णाली प्रदेश

१) डा. शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत ।

सुदुरपश्चिम प्रदेश

१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।