विरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृतयु

  Sampatti News

August 7, 2020

काठमाडौँ । वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । बिहीबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा साँझ संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण बिहीबार साँझ रिपोर्ट पोजेटिभ आएको हो। मृतकलाई विभिन्न समस्या देखिएपछि गत मगंलबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

यस्तै गत साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षिय बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नारायण अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार बिहीबार साँझ प्राप्त रिपोर्टमा ती बृद्धको रिपार्ट पोजेटिभ आएको हो।

उनको आफनै घरमा साउन २० गते राति मृत्यु भएको थियो। बुधबार बिहान स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाएर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

प्रकाशित मिति:August 7, 2020