कोरोना संक्रमितको मृत्यु, दाह संस्कार नेपाली सेनाले गर्ने

Nepal Cover
२३ श्रावण २०७७, शुक्रबार
image

काठमाडौँ । गत बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति मृत्यु भएको छ । तीन वर्षदेखि मृगौलाको समस्या रहेका युवकको मृत्यु भएको हो ।

ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।