पछिल्लो २४ घण्टाका कोरोनाबाट ५ जनाको मृत्यु

  Sampatti News

August 7, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको बताएका हुन्।

मृत्यु हुनेमा पर्सा जिल्लाका ४५ वर्षीय पुरुष, वीरगंज महानगरपालिकाका ७९ वर्षीय पुरुष, वीरगंजकै ५७ वर्षीय पुरुष, सिराहाका २५ वर्षीय पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ।

प्रकाशित मिति:August 7, 2020