पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ६२ जना थपिए

Nepal Cover
२४ श्रावण २०७७, शनिबार
image

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौँमा ५६ ललितपुर र भक्तपुरमा ३÷३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा ६२ जना कोरोना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।

यस्तै, आज नेपालभर ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।