६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ

Nepal Cover
२५ माघ २०८०, बिहीबार
image

काठमाडौं  । नक्कली नोटसहित बाराबाट पाँच जना पक्राउ परेका छन्। एक हजारका ६१ थान नक्कली नेपाली नोटसहित जिल्ला प्रहरी कार्यालय बाराले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका-३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका-५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका-१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन्।

उनीहरूलाई जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।