यातायातको सफ्टवेयर बिग्रार्ने उपसचिवलाई गाडी उपहार
नक्कली लाइसेन्स जारी गर्ने गिरोहमा महानिर्देशक रिजाल र उपसचिव रेग्मी नै मुख्य दोषी
नक्कली लाइसेन्स जारी गर्ने गिरोहमा महानिर्देशक रिजाल र उपसचिव रेग्मी नै मुख्य दोषी
February 11, 2024
काठमाडौं । नक्कली लाइसेन्स बनाउने गिरोहले यातायात ब्यबस्था बिभागको सूचना प्रबिधिको प्रणाली नै बिग्रार्दिन लगाएर सो काम गरे बापत गाडी उपहार दिएको रहस्य खुलेको छ। एक ब्यक्तिले स्मार्ट लाईसेन्सको सफ्टवेयर हत्याउन गाडी उपहार दिएको पाइएको हो ।नक्कली प्रकरण मोडन महानिर्देशक उद्दब रिजाल र उपसचिव रेग्मी विभिन्न फण्डा तयार गरेर बिषय अन्त मोडन जतिसुकै नाटक मन्चन गरेपनि यी दुई भाइ मुख्य दोषी देखिन आएका छ्न्।
प्राप्त जानकारी अनुसार एक ब्यक्तिले यातायात व्यवस्था विभागका आईटी प्रमुख मुकेश रेग्मीलाइ बा. १७ च ११ नम्बरको कोरियन ‘स्योङ्याङ’ कम्पनीको गाडी उपहार स्वरुप घुस दिएको पाईएको हो । उक्त गाडी नेपालमा आइएमएस मोटर्सले आयात गर्दै आएको छ । दिपक मल्होत्राको स्वामित्वमा रहेको यो कम्पनीबाट एक ब्यक्तिले पैसा समेत नदिई मागेर उपहार स्वरुप घुसमा यो गाडी दिएका हुन् ।
ती ब्यक्तिले मुकेस रेग्मीलाई गाडी घुस दिनुको कारण भने लाइसेन्स वितरणको लागि प्रयोगमा ल्याइएको सफ्टवेयरले काम नगरेको, सिस्टममै समस्या भएको देखाई दिन आईटी प्रमुखलाई गाडी घुस दिइएको हो । विभागले फर्जी लाईसेन्स वितरणको विषयमा अनुसन्धानसमेत गरेको थियो । उक्त अनुसन्धानमा गाडी दिईएको खुलेको हो । तर अनुसन्धानमा भनिएको छ, केही समयको लागि हामीले गाडी एक ब्यक्ति लाई दिएका थियौ तर अहिले यो गाडी यातायातका आईटी प्रमुखलाई घुसपो दिईएको रहेछ ।
यसै विषयलाइ लिएर गतपुस ५ गते काठमाडौं अपराध अनुसन्धान महाशाखाले राजकुमार थापा नाम गरेका स्थायी ठेगाना पर्वतका एजेन्टलाई पक्राउ गरेको थियो । थापाले यातायातका आईटीका टिमसँग ‘सेटिङ’ मिलाई कार, जिप (बी)को ट्रायल पासनै नभएकाहरुको पास भएको भन्दै लाईसेन्स बनाउने काम गरेका थिए ।
एजेन्ट थापाले पछिल्लो समय यातायातका आईटीसँग सेटिङ मिलाई (०८ लुम्बिनीको कोर्ड) बेलबहादुर देवकोटाको नाममा ०१–०८–८८९९०४३१ नम्बरको लाईसेन्स बनाएका थिए । यातायातमा यस अघि लाईसेन्सको ०१–०१५००००० नम्बरमा चलिरहेको छ । एक्कासी लाईसेन्सको नम्बर (८८९९०४३१) आठ करोड पुगेको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले अनुसन्धान अघि बढाएपछि यातायात विभागले छानविन अगाडी नबढाउन भन्दै अनुरोध गरेका थियो । प्रहरीले अनुसन्धान नगरे यातायातले ट्राफिक प्रहरीलाई एकै पटक चालकहरुसँग पाँचहजार सम्मको जरिवाना गर्न सक्ने अनुमति दिन्छौं भनिएको थियो । यातायातको ५ हजारको प्रलोभनमा परि प्रहरीले अनुसन्धानलाई किर्ते मुदामा मात्रै सिमित गरि यो फाईल बन्द गरिदिएको छ । यसै अनुसन्धानलाई प्रभावमा परि यातायातका विभागीय प्रमुखहरुले २०७२ सालदेखिका महानिर्देशकको जिम्मेवारीमा रहेका लाईसेन्सहरुलाई छानविन गरिने भनियो ।
ट्रायल नै नदिई बनाइएको नक्कली लाइसेन्सहरुको नम्बर अब खारेज गर्ने भनेर यो विषयलाई अन्तै मोड्ने प्रयार वा प्रचारबाजी समेत विभागीय र प्रहरीले गरेको पाईन्छ । यो लाईसेन्स प्रकरणलाई पुराना महानिर्देशकहरुको पालामा भएको भन्दै अनावश्यक प्रचार गराइएको थियो । यसका प्रमुख योजनाकार हुन् यातायात शाखा आईटी प्रमुख मुकेश रोग्मी गाडी उपहार लिएर प्रयोग भएको समाचार श्रोत बताउछ।उपसचिव रेग्मी जहाँ जहाँ जान्छन् त्यहाँको सफ्टवेयर बिगारेर सेटिङ मै रमाउने उनको पुरानो बानी भएको सार्वजनिक खरिद कार्यालयका कर्मचारी नै बताउछ्न।
पछिल्लो समय मुकेश रेग्मीले कस्ता खालका काम गरेका छन् । दशैँपछि अनधिकृतरूपमा यातायातको मुख्य सिस्टमको भित्र छिरेर ‘डाटा इडिट’ गरेर नक्कली लाइसेन्स बनाएका नौवटा लाइसेन्स गंगा कार्की ०१–०८–१४५६७५३६ चितवन, रुद्रप्रसाद खतिवडा ०१–०८–८८९८८००४, चितवन मनिस केसी ०१–११–८८९९०१५७, प्रकाश पौडेल ०१–०८–८८९९२१५५ पाल्पा, धिरज खत्री क्षेत्री ०१–०८–८८९९०३३८ पाल्पा, सिम्रन थापा ०१–१०–८८९९०६९१ पाल्पा, सुरज भुगै ०१–०८–८८९९१६२६ पाल्पा, विजय अधिकारी ०१–०८–८८९९२२५२ चितवन र आकाश श्रेष्ठ ०१–०८–८८९९०४०५ हुन् ।
यसको विषयमा यातायात कार्यालयसँग मिलेर प्रहरीले अनुसन्धानलाई ओझेलमा पारेको प्रस्ट हुन्छ । प्रहरी पाँचहजारको चिट काट्न पाएपछि घुस लिएको काण्ड र नक्कली लाईसेन्सको काण्डलाई सामान्य भएको जनाउँदै अनुसन्धान गर्ने प्रहरी कोल्टे फर्किएर हिडेको हो कि आशका बढाएको छ।
मिडिया र प्रहरीको संरक्षमा प्रदेशका आईटी र केन्द्रका आईटीप्रमुखहरूको मिलेमतोमा नक्कली लाइसेन्समार्फत भएको भ्रष्टाचारमा महानिर्देशक रिजालले संरक्षण गर्नेगरेको स्रोतको दाबी छ । महानिर्देशक रिजाल चाडै धनी बन्न मन्त्री प्रकाश ज्वालालाई प्रति महिना दाम बुझाउने शर्तमा यातायात भित्रिएको बुझिन्छ। नक्कली लाइसेन्स काण्डमा महानिर्देशक रिजाल र उपसचिव रेग्मीलाई अख्तियारले यथासक्दो चाडै हतकडी लगाउनु पर्ने आवाज समेत उठेको छ।
प्रकाशित मिति:February 11, 2024
November 23, 2024