August 9, 2020
काठमाडौँ। भारतमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८ सय ६१ जनाको मृत्यु भएको छ। भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३ सय ७९ पुगेको छ। साथै कूल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ।
स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८ सय ८५ जना निको भएर डिस्चार्ज भएका छन्। अहिले पनि ६ लाख २८ हजार ७ सय ४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन्।
भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ का दिन ७ लाख १९ हजार ३ सय ६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कूल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ।
प्रकाशित मिति:August 9, 2020
November 22, 2024