लगातार नयाँ रेकर्ड राख्दै आएको सुनको मूल्यमा आईतबार रेकर्ड ब्रेक

  Sampatti News

August 9, 2020

काठमाडौं । लगातार नयाँ रेकर्ड राख्दै आएको सुनको मूल्य आईतबार ब्रेक भएको छ। आईतबार सुनको मुल्यमा ६ सयको गिरावट आएको हो । यही साउन ७ गतेयता रेकर्ड कायम भइरहेको सुनको मूल्यमा १९ दिनपछि ब्रेक लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँ घटेर एक १ दुई हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि ९ सय रुपैयाँ नै घटेर एक लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ४ सय १० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साउन ७ गते छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँ (त्यतिबेलासम्मको सर्वाधिक) कायम भएको थियो। त्यसयता सुनको मूल्य दिनहुँ बढिरहेको थियो।

प्रकाशित मिति:August 9, 2020