पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

  Sampatti News

August 9, 2020

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८० जनामा कोरोन संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएको बताए।

प्रकाशित मिति:August 9, 2020