काठमाडौँ । नेपाल राष्ट्र बंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाट काम गर्ने व्यावस्था मिलाउन निर्देशन दिएको छ। कोरोनाको जोखिम बढ्दै गएको भन्दै राष्ट्र बैंकले बैंक राष्ट्र बैंककले कर्मचारीलाई घरबाटै काम गर्ने व्यावस्था मिलाउन निर्देशन दिएको हो।
केन्द्रीय बैंकले आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमणको मात्रा बढ्दै गएकाले घरबाटै काम गराउन र यदि सम्भव नभएका कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ।
व्यवस्थित तवरबाट बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवालाई नियमित कसरी राख्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन आग्रह गरेको छ।
केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने कारोवारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई पुनः ध्यानाकर्षण गराएको छ। बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा कोरोनाको सङ्क्रमणलाई न्यूनीकरण गर्दै सुरक्षाका अधिकतम सबै उपाय अनिवार्य रुपमा पालन गर्न तथा गराउन
निर्देशन दिइएको छ। साथै राष्ट्र बैंकले सरकारले यातायातको क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेको तथा स्वास्थ्य सुरक्षाका विषयमा स्पष्ट मार्गदर्शन गरेको भन्दै त्यसको पूर्ण रुपमा परिपालना गर्न गराउन भनेको छ ।