काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विद्युतबाट चल्ने मोटरसाइलको उद्घाटन गरेका छन्। योमा मि मोटर्स प्रालिमार्फत विद्युतीय मोटरसाइकल बजारमा ल्याएका हुन्।
उनले अहिले चीनमा निर्माण हुँदै आएको जेनियस् मोटरसाइकल जस्तै बाइक नेपालमा निर्माण भएको बताए। उद्घाटन समारोहमा बोल्दै पुनले भने, ‘बाइक मात्र नभएर आगामी दिनमा विद्युतीय गाडीहरु समेत नेपालमा बनाउने तयारी भइरहेको छ ।’
कार्यक्रममा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिंगको पनि उपस्थिती रहेको थियो । नेपालले आफ्नो व्यापार घाटा घटाउन र तेलमाथिको परनिर्भरता घटाउन विद्युतीय गाडीलाई प्राथमिकता नदिई नहुने उनीहरुले बताएका थिए ।