राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन प्रकाशित

Nepal Cover
२२ फाल्गुन २०८०, मंगलवार
image

काठमाडौँ । राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन प्रकाशित भएको छ । वर्षौँदेखि नवीकरण गर्न नसकेका रेडियोहरूका लागि पनि एक महिनाभित्र निवेदन दिएमा एक पटकका लागि नवीकरणको व्यवस्था गरिएको छ ।

आइतबार प्रकाशित राष्ट्रिय प्रसारण (१२औँ संशोधन) नियमावली, २०८० मा यो वर्ष नवीकरण गर्न छुटेका रेडियोहरूले एक महिनाभित्र निवेदन दिएमा नवीकरण शुल्क पूर्ण छुटसहित नवीकरणको व्यवस्था गरिएको छ ।

टावर र फ्रिक्वेन्सी नल्याएर कसैले अनलाइनबाट मात्रै रेडियो सञ्चालन गर्न खोजेको खण्डमा पहिलो पटक अनलाइन रेडियोलाई कानुनी मान्यता दिइएको छ ।