August 10, 2020
काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार कोरोना नियन्त्रण गर्न असफल भएको बताएको छ। सरकारले कोरोना नियन्त्रण गर्न असफल भएकोले जनाताले आफ्नो सुरक्षा आफै गर्नपर्ने कांग्रेसको भनाई छ।
सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठानी आफु सुरक्षित रहनुपर्नै कांग्रेको आग्रह रहेको छ।
कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको बताएका हुन्।
सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति पनि पूर्ण रुपमा असफल भएको उनले बताए। स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने भन्दै उनले भने, सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको छ। यद्यपि यो सरकार नै इमान्दार छैन। त्यसैले धेरै आश गर्ने ठाउँ छैन। तर यो सरकार रहुन्जेल यही सरकारलाई साधन स्रोत दुरुपयोग नगर भन्नुपर्छ।’
त्यस्तै उनले अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दुरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम पर्दा बाहेक सार्वजनिक स्थानमा नजान सबैलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति:August 10, 2020
November 22, 2024