त्रिशूली नदीमा खस्याे बस

  Sampatti News

March 6, 2024

काठमाडाै । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बस त्रिशूली नदीमा खसेको छ। बस दुर्घटनामा ४ जनाको मृत्यु भएकाे छ ।

बिहान साढे ५ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा बस खसेकाे हाे ।

स पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति:March 6, 2024