एमालेले टुंग्यायो मन्त्रीको नाम, को-को बन्दै छन् ?

  Sampatti News

March 6, 2024

काठमाडौं । नेकपा एमालेले पनि नयाँ सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । गत वर्ष प्रचण्डबाट धोका पाएका अधिकांशले मौका पाएका छन् ।

सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।नयाँमा रघुवीर महासेठ र बलराम अधिकारी थपिएका छन् । एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित ९ जनालाई पठाउने एमालेले जनाएको छ । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ । अन्यको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।

सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

प्रकाशित मिति:March 6, 2024