March 8, 2024
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।
महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा दर्शनार्थीहरूको भिडभाडहुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्वर,
ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ ।
मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै
डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ
उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गरे ।
गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
तिलगंगाबाट गौशालातर्फ ।
मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ
।
जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक
सवारी साधनहरु गौरीघाटतर्फ ।
सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने
मार्ग ।
जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन
चुच्चेपाटीबाट चावहिलतर्फ ।
तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक
र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था
हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।
सिफल चौर (दर्शानार्थीहरुको)
कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र
पर्यटकका सवारी साधनहरु)
वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स,
खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
गुहेश्वरी पारी(तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)
प्रकाशित मिति:March 8, 2024