कस्ताे रहला आजकाे माैसम ?

  Sampatti News

March 8, 2024

काठमाडाै‌ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक भएपनि मुख्यतया देशभरको मौसम सफा रहने छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थान भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति:March 8, 2024