आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

  Sampatti News

March 8, 2024

काठमाडाै । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ।

महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । यो वर्ष ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय सङ्कल्प साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ। धेरैजसो देशले यस दिन सार्वजनिक बिदा पनि दिने गरेको छ। नेपालमा पनि महिलाहरूलाइ बिदा दिइने गरेको छ।

प्रकाशित मिति:March 8, 2024