डोटी । डाटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडाका स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो।
स्थानीय गोविन्द पार्कीले गएराति करिब १ बजे घर भत्किएको बताए। उनले भने ‘घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन्। यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन्।’
घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ।
प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए। मल्लले घर भत्किँदा ४ जनाको ज्यान गएको खबर पुष्टि गरेका छन्। तर घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्ल बताए।