यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

March 10, 2024

काठमाडाै‌ । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आइतबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १६ पैसा र बिक्री दर १३२ रुपैया ७६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ८३ पैसा र बिक्री दर १५१ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८२ पैसा र बिक्री दर ८६ रुपैयाँ ६५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित मिति:March 10, 2024