पार्टी कार्यालयभित्रै राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ माथी आक्रमण

Nepal Cover
२७ फाल्गुन २०८०, आईतवार
image

काठमाडाैं। राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ। पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो।

पार्टी कार्यालय केन्द्रीयमा कार्यसम्पादन समितिको बैठक जारी रहँदा आइतबार श्रेष्ठमाथि आक्रमण भएको हो । बैठककक्षबाट बाहिँरिदा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले हातपातबारे सीसीटीभी फुटेज हेर्न लागिएको बताए । “हाम्रा नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ। हामी सीसीटीभी फुटेज हेदैर्छौँ । कसले के विषयमा आक्रमण गरेको भन्ने छानबिन गर्दैछौँ ।”

ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ। ठाकुरमोहन पूर्व एआइजी हुन्। उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए।