कान्ति लोकपथ चैत १ देखि डेढ महिना बन्द हुने

Nepal Cover
२८ फाल्गुन २०८०, सोमबार
image

काठमाडौं । ललितपुरको सातदोबाटोबाट हेटौँडा पुग्ने कान्ति लोकपथ आगामी चैतदेखि डेढ महिना बन्द हुने भएको छ।ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्तिपथ सडक चौडा गर्नका लागि चैत १ गतेदेखि वैशाख १५ सम्म राजमार्ग बन्द गर्न लागिएको हो।

‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो’, उनले भने ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।

विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि अझै निर्माणाधीन अवस्थामै छ। विसं २०१३ सालमा शिलान्यास गरिएको काठमाडौंलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी नै छ।