राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

Nepal Cover
२८ फाल्गुन २०८०, सोमबार
image

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद् भवन नयाँ बानेश्वरमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखर कुमार सिंह छन्।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्। उनी २०७८ सालमा मन्त्रिपरिषदबाट मनोनित हुने कोटाबाट राष्ट्रिय सभाका सांसद भएका थिए।

मंगलबार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याइएको छ। सोमबार दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।