कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  Sampatti News

August 11, 2020

जनकपुर। कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। धनुषाको जनकपुरधाममा मंगलबार बिहान थप १ जना कोरोना संक्रमितकोमृत्यु भएको हो।

जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको डा.जामुन सिंहले जानकारी दिए।
उनको दुई हप्ता अघिदेखि आइसीयुमा राखेर उपचार भइरहेको उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ८० पुगेको छ।

प्रकाशित मिति:August 11, 2020