कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Nepal Cover
२७ श्रावण २०७७, मंगलवार
image

जनकपुर। कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। धनुषाको जनकपुरधाममा मंगलबार बिहान थप १ जना कोरोना संक्रमितकोमृत्यु भएको हो।

जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको डा.जामुन सिंहले जानकारी दिए।
उनको दुई हप्ता अघिदेखि आइसीयुमा राखेर उपचार भइरहेको उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ८० पुगेको छ।