सांसद दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् 

Nepal Cover
२९ फाल्गुन २०८०, मंगलवार
image

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

मङ्गलबार बोलाइएको राष्ट्रिय सभा बैठकमा उहाँले माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो । सांसद आछामीले २०२७ सालदेखि नेपालको राजनीतिमा क्रियाशील रहनुभएका दाहाललाई समर्थन गरी मतदान गरिदिनु हुन अनुरोध गर्नुभयो ।

यसअघि नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले पार्टीको तर्फबाट युवराज शर्मालाई सो पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।