उपत्यकामा मात्रै थप १ सय ३४ जनामा कोरोना संक्रमण

  Sampatti News

August 11, 2020

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १ सय ३४ जना थप संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले मंलगबार उपत्यकामा मात्रै १ सय ३४ जनामा कोरोना पुष्टि भएको जानकारी गराएका छन्।

संक्रमितमध्ये काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जना छन्।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो।

प्रकाशित मिति:August 11, 2020