लगानी बोर्डको प्रमुखको रुपमा हैसियतमा कुनै पनि कार्य नगर्नु —उच्च अदालत

  Sampatti News

August 11, 2020

काठमाडौँ । पाटन उच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टलाई काम गर्न रोक लगाउने आदेश जारी गरेको छ।

‘पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको जानकारी गराउँदै भट्टलाई बोर्ड प्रमुखको हैसियतमा कुनै पनि काम नगर्न मंगलबार आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ ‘भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको जानकारी गराएकाले अर्को छलफल नभएसम्मका लागि लगानी बोर्ड प्रमुखको हैसियतमा कुनै पनि कार्य नर्गनू÷नगराउनू।’

अदालतको आदेशअनुसार साउन ३१ गते अर्को सुनुवाई नभएसम्म भट्टले लगानी बोर्डमा सिइओको हैसियतमा कुनै पनि कार्य गर्न पाउने छैनन्।

उच्च अदालतले अन्तरिम आदेशका विषयमा छलफल गर्ने अर्को पेशी साउन ३२ गतेलाई तोकेको छ।

मन्त्रिपरिषदले साउन १९ गते भट्टलाई सिइओ नियुक्त गरेको थियो।

प्रकाशित मिति:August 11, 2020