कोरोनाबाट थप ४ जनाको मृत्यु

Nepal Cover
२७ श्रावण २०७७, मंगलवार
image

ठमाडौं। कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर ४ जनाको मृत्यु भएको छ।

“धनुषाका एक ६० वर्षीया वृद्ध र ५० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको छ,” उनले भने, “त्यस्तै, काभ्रेको पाँचखाल निवासी ५० वर्षीया महिलाको इस्ट मेडिकल कलेजमा मृत्यु भएको छ।”

त्यस्तै, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेका ८४ वर्षीया एक पुरुषको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

योसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु र ६ सय ३८ नयाँ संक्रमित भेटिएको जानकारी दिए।