त्रिभुवन विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी एकसाथ हटाउने निर्णय

  Sampatti News

March 13, 2024

काठमाडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरेकाे हाे ।

प्रहरी कर्मचारीलाई त्यहाँबाट हटाएसँगै त्यहाँ नयाँ टिम परिचालन गरिएकाे उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिए ।

 जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । 


प्रकाशित मिति:March 13, 2024