पूर्व प्रधानमन्त्री नेपालद्धारा सम्पादक पण्डितलाई बधाई

  Sampatti News

August 11, 2020

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नवनियुक्त राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई शुभकामना प्रदान गर्नु भएको छ।

नेपालको ब्रोटिसिट पत्रिका राजधानी दैनिकमा मंगलबारदेखि सम्पादकको जिम्मेवारी सम्हाल्ने गरी पण्डित नियुक्त हुनुभएको हो।

नयाँ पत्रिका,आन्नपुर्ण दैनिक लगायत धेरै पत्रिकामार्फत राष्ट्रिय रूपमा पत्रकारिता क्षेत्र मार्फत पत्रकारीतामा धेरै योगदान दिदै आउनु भएका पण्डित राजधानी दैनिकको सम्पादकमा बढुवा हुनुभएको हो।

उहाँलाई विभिन्न क्षेत्र बाट बधाई र शुभकामना आउने क्रम जारी छ। यसै बीच पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले सम्पादक पण्डित लाई बधाई तथा शुभकामना दिनुभएको समाचार जानकारीमा आएको छ। नेपालको प्रशासन क्षेत्रको बिज्ञ मात्र नभै समग्र प्रशासन क्षेत्रलाई नजिक बाट नियाल्ने यस क्षेत्रमा गहिरो अध्यनका साथ रिपोर्टिङ गरिरहनुभएका पण्डित व्यावसायिक पत्रकारका रूपमा चिनिन्छन।

प्रकाशित मिति:August 11, 2020