काठमाडौँ। गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ ।
मन्त्रालयले धादिङका प्रजिअ आसमान तामाङलाई पर्सा जिल्ला सरुवा गरेको छ। पर्साका प्रजिअ विष्णु कार्कीलाई मन्त्रालय तानिएको छ।
अछामका प्रजिअ पुण्य विक्रम पौडेललाई धादिङ जिल्लाको प्रजिअको जिम्मेवारी दिई पठाएको छ भने उनको ठाउँमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायलाई पठाएको छ।
त्यस्तै रौतहटको सिडिओको जिम्मेवारी सम्हाल्न इन्द्रदेव यादवलाई पठाएको छ। केही समय अघि मात्रै सहसचिव भएका उनको गृह मन्त्रालयमा पदस्थापन भएको थियो।