उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० दलले दिए निवेदन(नामसहित)

Nepal Cover
१ चैत्र २०८०, बिहीबार
image

काठमाडौँ । आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निवेदन दिएकामा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेको निर्वाचन अयोगले जनाएको छ ।

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो । उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिनिधि सभामा मात्र भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ ।

एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १(क)मा काँग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।