शाहीको प्रश्न: यो देशमा सरकार छ कि छैन? कि कुर्सी मात्र छ

  Sampatti News

March 14, 2024

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले यो देशमा सरकार छ कि छैन? कि कुर्सी मात्र छ भन्दै प्रश्न उठाएका छन् ।  बिहीबार प्रतिनिधि सभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होइन कुर्सी मात्र भएको बताए ।

यसो हेरे सरकार छ कि छैन? कि कुर्सी मात्र छ । सरकार छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग हामीलाई उद्धार गर्नुपर्‍यो भनेर मागिरहनु भएको छ भारतसँग भने के नेपालमा सरकार छ । कुर्सी छ कहिले वारी कहिले पारी त्यति छ । रसियामा गोरखाका नागरिक पनि अलपत्र रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले जनताको उद्धार गर्ने विश्वास नभएको बताए ।

उनले भने, ‘गोरखाबाट प्रधानमन्त्री र परराष्ट्र दुवै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले यो देशका जनताको उद्धार गर्छ भनेर कसरी विश्वास गर्ने ।’

प्रकाशित मिति:March 14, 2024