कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  Sampatti News

August 12, 2020

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज ६ स्थित सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वकोकोरोना भाइरसबाट मृत्यु भएको हो। योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

उनको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनलाई ४ दिनअघि ज्वरो आउँदा स्वाब परीक्षण गर्न दिएका थिए।

उनको रिपोर्ट पोजेटिभ आएसँगै आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो। एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको हो। उनी यसअघि मुटुसम्बन्धी रोगी थिए । यसका साथै थाइराइड, सुगर, उच्च रक्तचापबाट पीडित थिए।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ।

प्रकाशित मिति:August 12, 2020