गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया किशोरी मृत फेला

  Sampatti News

March 15, 2024

काठमाडौं । गोरखनाथ मन्दिरमाथिको जंगलमा एक किशोरीको शव फेला परेको छ।  सिन्धुली घर भएकी बर्ष १९ कि एक किशोरी काठमाडौंको पशुपति मन्दिर नजिक जंगलको रुखमा झुण्डिएको अबस्थामा मृत अबस्थामा भेटिएकी छिन ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको गौशाला प्रहरी वृत्तकाले बताए । आज बिहान मर्निङवाक गर्न जानेहरुले रुखमा झुण्डिएको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे ।’

 मृत अबस्थामा भेटिएकी सुस्मिता अघिल्लो दिनदेखी परिवार र आफन्तको सम्पर्क बाहिर थिइन । घरमा एक प्रेस नोट लेखी छोडेर उनी घरबाट निस्किएको र सम्पर्क बाहिर रहेको परिवारले जनाएको छ । सिन्धुली घर भएकी अहिले उनी बालुवाखानी, कपनमा बस्ने गर्थिन् ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

प्रकाशित मिति:March 15, 2024