March 15, 2024
मोरङ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।
सिराहाको फुल्काहकट्टी घर भएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएकाे हाे। उनकाे शव शौचालयमा फेला परेको प्रहरीले जनाएकाे छ।
धारिलो हतियार प्रयाेग गरेर हत्यापछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनी बसेकाे घरको कोठाभित्रको शौचालयमा शव भेटिएको डीएसपी रन्जनकुमार दाहालले बताए। दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको उनले बताए। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ।
प्रकाशित मिति:March 15, 2024
April 17, 2025
April 17, 2025