आजकाे माैसम : यी स्थानमा हल्का हिमपातकाे सम्भावना

  Sampatti News

March 16, 2024

काठमाडाै‌ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ। जसकाे प्रभावलेहाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति:March 16, 2024